२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अम्बिकेश्वरी मन्दिरको अध्यक्षमा अधिकारी

ADV
सपना बोहरा
२०८१ साउन २६ गते २२:२१
अम्बिकेश्वरी मन्दिरको अध्यक्षमा अधिकारी

दाङ : दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पूर्वप्राध्यापक नारायण अधिकारी निर्वाचित भएका छन् । समितिको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा ४ मतको अन्तरले अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनको मत गणना सकिएपछि शनिबार राति सार्वजनिक मतपरिणामअनुसार अधिकारी १ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र खनालले १ सय १७ मत प्राप्त गरेका थिए । खनाल र अधिकारी दुवै जना नेकपा एमाले निकट हुन् । 

यस्तै उपाध्यक्षमा श्रीधर भण्डारी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा निरजा पोखरेल, सचिवमा दामोदर भुसाल र कोषाध्यक्षमा माधव चौधरी निर्विरोध निर्वाचित भएका छन् । अन्य सदस्यहरुका लागि पनि निर्वाचन भएको थियो ।

अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले मन्दिरको विकास र प्रवद्र्धनमा सबैको साथ र सहयोगले अगाडि बढ्ने बताएका थिए । निर्वाचनमा जिताउन सहयोग गर्ने सम्पूर्ण मतदाता, निर्वाचन समिति, सुरक्षाकर्मीसहित शुभेच्छुक सबैमा धन्यबाद व्यक्त गरे । 

अधिकारी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लामो समयदेखि शिक्षण पेशामा रही अध्यापन गर्दै आएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise