२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो : युएनडिपी

Nada
२०८३ असार १६ गते १३:१०
Shares
मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो : युएनडिपी

काठमाडौँ : मध्यपूर्वमा चलिरहेको लामो द्वन्द्वलाई सम्बोधन गर्न र यसको प्रभावलाई न्युनिकरण गर्न विकासोन्मुख देशहरूको प्रयास महँगो र बोझिलो हुनुका साथै शिक्षा, स्वास्थ्य लगायतका विकास प्राथमिकताहरू पछि परेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले जनाएको छ ।

ncell

प्रतिवेदनले कम र मध्यम आय भएका देशहरूले जीवाश्म इन्धन अनुदान, मूल्य सीमा र कर छुट लगायतका उपायहरू मार्फत आफ्ना जनतालाई ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिबाट आंशिक रूपमा भए पनि जोगाएको जनाएको छ ।

विश्वका अधिकांश गरिब देशहरू ऋण सङ्कटमा रहेको वा यसको उच्च जोखिममा रहेको र ब्याज भुक्तानीले सरकारी बजेटको ठुलो हिस्सा उपभोग गरिरहेको प्रतिवेदनले जनाएको छ ।

युएनडिपीका प्रशासक अलेक्जान्डर डे क्रोले विकासोन्मुख देशहरू मध्ये धेरै मुलुकहरू यस अघि नै ऋणको बोझमा परेकाले आफ्ना जनतालाई द्वन्द्वको समयमा ऊर्जा प्रवाहको नकारात्मक प्रभावबाट बचाउन असफल भएको बताएका छन् ।

विद्यालय, अस्पताल र स्वच्छ ऊर्जा प्रणाली निर्माण गर्नुपर्ने लगानी अर्थतन्त्रलाई गतिशील राख्नका लागि प्रयोग भइरहेको बताउँदै उनले कुनै पनि देशले आफूले सिर्जना नगरेको संकट व्यवस्थापन गर्न आफ्नो भविष्यको विकासलाई त्याग गर्न बाध्य भएकोमा दुखःसमेत व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर