२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

महाकाली नदीमा फसेका युवकको उद्धार

Nada
२०८३ साउन २ गते १२:२७
Shares
महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

ncell

सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए।

उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौलागाईंलाई सकुशल उद्धार गरेको जानकारी दिए। वर्षात् सुरु भएसँगै महाकाली नदीमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरे । 

ताजा खबर

सम्बन्धित खबर