२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध नलगाइने

Nada
२०८१ साउन २८ गते १३:२६
Shares
बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध नलगाइने

ढाका : बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।

ncell

“आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,” सखावत हुसेनले भने, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।”

गृहमन्त्रीको यो भनाइ पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो । 

आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ लागेकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको बंगलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गरेका थिए । 

“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उनले एएफपीसँगको अन्तर्वार्तामा भने, “अवामी लिगबिना बंगलादेश मा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

ताजा खबर

सम्बन्धित खबर