२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

प्रेमिकालाई बोलाइदिन माग गर्दै टावरमा चढे युवक

Nada
२०८३ साउन ३ गते १३:५७
Shares
प्रेमिकालाई बोलाइदिन माग गर्दै टावरमा चढे युवक

सर्लाही : सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् । 

ncell

गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका हुन् ।

टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गरेका छन् ।

“प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। उनलाई सम्झाइ–बुझाइ गरेर सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको छ,” डीएसपी गौतमले भनेका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार प्रयास जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन् । उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबिच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

ताजा खबर

सम्बन्धित खबर