२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको उद्धार

Nada
२०८३ साउन ३ गते १४:४४
Shares
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको उद्धार

प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो टेलिकम टावर चढेका युवकको सकुशल उद्धार

ncell

सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए । टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई सूचना पुगेको थियो ।

सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार बिहान ५ः३० बजे घटनाको जानकारी प्राप्त भएपछि प्रहरी तत्काल घटनास्थलमा परिचालन भई उद्धार अभियान सुरु गरेको थियो। मानसिक तनावमा रहेका हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ८ः५० बजे सकुशल टावरबाट तल झरेका हुन् ।

उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि स्वास्थ्य संस्थामा पठाइएको एसपी पौडेलले बताएका छन् ।
घटनाका कारण केही समय नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको भीड लागेको थियो । सुरक्षाकर्मी, परिवारका सदस्य र स्थानीयको समन्वित प्रयासबाट कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर