२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

फेसबुकको ब्राउजर सेवा अवरुद्ध

Nada
२०८३ साउन ३ गते १४:४७
Shares
फेसबुकको ब्राउजर सेवा अवरुद्ध

काठमाडौँ : सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको ब्राउजरमार्फत प्रयोग गरिने सेवा आइतबार प्रभावित भएको छ । प्राविधिक समस्या देखिएपछि कतिपय प्रयोगकर्ताले आफ्नो खाता पहुँच गर्न नसकेको जानकारी प्राप्त भएको हो ।

ncell

फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा साइटमा आएको समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको उल्लेख गरिएको थियो । कम्पनीले समस्या समाधानको प्रक्रिया जारी रहेको जनाउँदै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरेको थियो ।

सेवा प्रभावित भएपछि प्रयोगकर्ताहरूले फेसबुक पहुँचमा समस्या आएको गुनासो गर्न थालेका थिए । अनलाइन सेवा अवरोधसम्बन्धी विवरण संकलन गर्ने वेबसाइट डाउनडिटेक्टरमा पनि आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुकसम्बन्धी समस्या खोज्ने प्रयोगकर्ताको संख्या बढेको देखिएको थियो ।

फेसबुकको मोबाइल एप वा अन्य सेवामा कस्तो प्रभाव परेको भन्नेबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको थिएन। कम्पनीले भने प्राविधिक समस्या समाधान गर्न काम भइरहेको जनाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर