२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कार्की बैंकक प्रस्थान

Nada
२०८३ साउन ३ गते १६:०४
Shares
एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कार्की बैंकक प्रस्थान

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अन्तर्राष्ट्रिय प्रहरीसम्बन्धी कार्यक्रममा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक गएका छन् ।

ncell

प्रहरी प्रधान कार्यालयका अनुसार बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि आईजीपी कार्की आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारीसमेत सहभागी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आईजीपी कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले बिदाइ गरेका थिए ।

सम्मेलनमा विभिन्न देशका सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहने र प्रहरी सेवासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर