२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुष मृत फेला

Nada
२०८३ साउन ६ गते १३:४७
Shares
दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुष मृत फेला

काठमाडौँ : दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका-१५ घर भई हाल दाङमा बसोबास गर्दै आएका ३५ वर्षीय घनश्याम गिरी र ३६ वर्षीय कमल गिरि रहेका छन् ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट ट्यांकीभित्र अक्सिजनको कमीका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर