२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

Nada
पूर्ण चलाउने
२०८३ साउन ७ गते ११:५७
Shares
टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो : जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिबार 'एफएनजे ग्लोबल सम्मेलन २०२६' हुने भएको छ ।

ncell

पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका १२ वटा वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानका पत्रकार र विश्वका विभिन्न मुलुकका क्रियाशील नेपाली पत्रकारको उल्लेखनीय सहभागिता रहनेछ ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष शर्मा सम्मेलनमा सहभागी बुधबार नै टोकियो आइपुगेकी छन् भने अन्य थुप्रै पत्रकारहरु आउनेक्रम जारी छ ।

सम्मेलनको सबै तयारी पूरा भएको पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार महासंघका १२ वटै शाखा सहआयोजक रहेको यस सम्मेलनमा प्रवास पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासको नेपाली समुदाय र मिडियाको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव, प्रेस स्वतन्त्रता लगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम रहेको पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईंले बताइन् ।

पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले ग्लोबल सम्मेलनमा वैदेशिक शाखालाई केन्द्रसँग जोड्ने विभिन्न विषयमा पनि महत्वपूर्ण छलफल हुने बताए ।

आयोजकका अनुसार सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्मेलनले टोकियो घोषणापत्र २०२६ जारी गर्नेपनि पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर