सरिता पराजुली/मध्यान्ह
जुम्ला, १८ माघ । जुम्लामा सामाजिक सञ्जालमार्फत दलित समुदायको अपमान हुने शब्द लेख्नेविरुद्ध कारबाहीको माग गरिएको छ । फेसबुकबाट दलित समुदायमाथि अपमानित गर्ने शब्द लेखिएको विषयमा दलित सेवा संघ जुम्ला शाखाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
जुम्ला सिंजा गाउँपालिका वडा नम्बर २ घोडेङ्गा निवासी गौरीलाल जैशीको गौरीलाल तिमिल्सिना नामक फेसबुक खाताबाट दलित समुदायमाथि जातीय विभेदपूर्ण र अपमानजनक शब्द लेखिएकोप्रति दलित समुदायको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
जैशीले लेखेको उक्त फेसबुक स्टाटसले जातीय तथा अन्य छुवाछूत र भेदभाव कसुर र सजाय ऐन, २०६८ आकर्षिक हुने भएकाले दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत सरोकारवालासँग माग गरिएको छ ।
सामाजिक सञ्जालबाट दलित समुदायमाथि हुने विभेद कदापी सह्य नहुने दलित सेवा संघ जुम्ला शाखाका अध्यक्ष भिमबहादुर नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । यस्तै दलित समुदायमाथि आँच आउने शब्द सामाजिक सञ्जालमा लेखिएको पाइएको भन्दै दलित समुदायको संगठित आवाजलाई बेवास्ता नगर्न चेतावनीसमेत दिइएको छ । जैशीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको दलित समुदायलाई होच्याउने शब्दको चौतर्फी विरोध भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies