२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

Nada
२०८३ साउन ८ गते १२:१८
Shares
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा : झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

ncell

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)बाट तालिम प्राप्त गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर