२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बाल मन्दिर ठगी प्रकरण : आठ जनाविरुद्ध मुद्दा दायर

Nada
२०८३ साउन ८ गते १३:०१
Shares
बाल मन्दिर ठगी प्रकरण : आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा ठगी कसुरमा मुद्दा दायर गरिएको हो ।

ncell

मुद्दा दायर हुनेमा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।

प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ। बाँकी पाँच जनाविरुद्ध भने फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।

यस प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन गरिएको आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद्ले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान सम्पन्न भएपछि सीआईबीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको र सोही आधारमा काठमाडौं जिल्ला अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अब अदालतमा हुने सुनुवाइबाट यस प्रकरणको कानुनी प्रक्रिया अगाडि बढ्नेछ ।

ताजा खबर

सम्बन्धित खबर