२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

परोहा नगरपालिकाद्वारा ग्यास सिलिण्डर वितरण

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन २८ गते २१:४८
परोहा नगरपालिकाद्वारा ग्यास सिलिण्डर वितरण

रौतहट : रौतहट परोहा नगरपालिकाको–३ तेजापाकड टोलमा ग्यास सिलिण्डर वितरण गरिएको छ । परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यतामा  प्रत्येक  घरधुरीलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको हो ।

परोहा नगरपालिका –३ तेजापाकडका वडा अध्यक्ष महेश सिंहको अध्यक्षतामा प्रत्येक  घरधुरीलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रम शुरु भएको थियो । नगर प्रमुख वकिलको चुनावी प्रतिबद्धता अनुरुप तेजापाकड टोलका प्रत्येक घर परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको हो ।

नगर प्रमुख  वकिलले  दलित, विपन्न, गरिब र अन्य समुदायका तथा  आफ्नो नगरलाई धुँवामुक्त गर्नलाई प्रत्येक घरधुरीलाई ग्यास सिलिण्डर  तथा चुल्हो सेटसहित वितरण गरिएको युवा नेता विशेष पसवानले बताए ।

परोहा नरपालिकाको करिव ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिण्डर चुल्हो सेट वितरण गरिने छ । 

गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरी सकिएको तथा हाल २, ३ र ४ वडाका करिव २ हजार ७० घरपरिवालाई वितरण गरिने तथा बाँकी सबैलाई एक, दुई महिनाभित्र वितरण गर्ने मेयर वकीलले बताए ।

यस योजनाले गोबरबाट बनेको गुँइठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र  धुँवामुक्त हुने विश्वास गरिएको नगर उपप्रमुख सुगान्धी गिरिको भनाइ छ । 

ADVADV

सम्बन्धित खबर

Advertise