
काठमाडौं : हिरो मोटोकर्पअन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले नेपाली बजारमा दुई विद्युतीय स्कुटर र एक विद्युतीय अफ–रोड मोटरसाइकल नेपाली बजारमा ल्याएको हो ।
नेपालमा भिडाका उत्पादन चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्समार्फत नेपाल प्रवेश गरेको हो । कम्पनीले दैनिक आवतजावतका लागि भिएक्स २ इभुटर शृंखलाका भिएक्स२ प्लस र भिएक्स२ गो तथा युवापुस्तालाई लक्षित गरी डर्ट.ईके३ विद्युतीय अफ–रोड मोटरसाइकल ल्याएको हो ।
हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेज युनिटकी चिफ बिजनेज अफिसर कौशल्या नन्दकुमार भनिन्, ‘भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रा लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पु¥याउन पाउँदा हामी उत्साहित छौं । सिजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।’
यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ । भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकताअनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् । हिरो मोटोकार्पसँगको हाम्रो लामो सहकार्यलाई भिडामार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं ।’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडाको प्रवेशले नेपालमा दिगो तथा हरित यातायाततर्फ भइरहेको परिवर्तनलाई थप गति दिने विश्वास व्यक्त गरे । हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय छ । भिडाको प्रवेशसँगै कम्पनीले नेपालमा आफ्नो विद्युतीय दुईपांग्रे सवारीको कारोबारसमेत औपचारिक रूपमा सुरु गरेको हो ।
कम्पनीले उल्लेख गरेको दूरी, गति तथा चार्जिङ समय आन्तरिक परीक्षणमा आधारित रहेको जनाएको छ । सडक, मौसम, सवारी चलाउने शैली तथा प्रयोगको अवस्थाअनुसार वास्तविक कार्यक्षमतामा फरक पर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ ।