२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ साउन १२ गते १२:१८
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुनको मूल्य तोलामा दुई लाख ८८ हजार पाँच सय  रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा ४ हजार ४४५ रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर