२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

एनआइसी एसिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु

Nada
२०८३ साउन १२ गते १४:५९
Shares
एनआइसी एसिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु

काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा सुरु गरेको छ ।

यससँगै अब एनआइसीका ग्राहकका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुनेछ । साथै, डिस्कभर नेटवर्क अन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटिएम र पिओएस टर्मिनलमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

नेपालपे कार्ड नेसनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेसनल कार्ड स्किम हो, जुन नेपालमा नेसनल पेमेन्ट स्विचमार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्कमार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ ।

नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने पनि बैंकको भनाइ छ ।

बैंकको यस पहलले ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भइसकेको नेशनल कार्डको प्रवर्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित खबर