२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

Nada
शहबाज खान
२०८३ साउन १३ गते १२:३९
Shares
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकले दुई वटा साइकल र एक पैदल यात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदल यात्री १२ वर्षीय आनन्द कश्यप तथा साइकल यात्रीहरू महाराजगञ्ज नगरपालिका–३ गनौरिया निवासी करिब ४५/४६ वर्षीय विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ निवासी करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन् ।

दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनापछि ट्रक र चालक जिल्ला मोरङ, विराटनगर महानगरपालिका–४ बस्ने ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ । घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर