२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

पत्रकार श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला

Nada
२०८३ साउन २८ गते १२:२५
Shares
पत्रकार श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

ncell

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएका हुन् ।

‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ कोइरालाले लेखेका छन् ।

उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

‘पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत छ । श्रेष्ठको अविलम्ब रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु,’ कोइरालाले भनेका छन् ।

ताजा खबर

सम्बन्धित खबर