२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

मधेशमा नयाँ सरकार गठन अन्योलमा, नेतृत्वमा सहमति जुटेन

Nada
२०८३ मंसिर ३ गते १७:००
Shares
मधेशमा नयाँ सरकार गठन अन्योलमा, नेतृत्वमा सहमति जुटेन

काठमाडौँ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सहमति जुट्न सकेको छैन ।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार शुक्रबारसम्म नयाँ सरकार गठन गर्न समय दिएका छन् ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति हुन नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए । एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन चाहेका छन्। तर, जसपाले औपचारिक निर्णय गरिसकेको छैन ।

यता, जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताइसकेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक छ । कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि दलहरूबीच सहकार्य अनिवार्य देखिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर