२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

रोल्पाको थबाङमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ८ जना बेपत्ता

Nada
२०८३ साउन २८ गते १७:३५
Shares
रोल्पाको थबाङमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ८ जना बेपत्ता

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा आठ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरीको विवरण छ ।

ncell

पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।

घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

पहिरोपछि सम्पर्कविहीन रहेका आठ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा कमल पुन मगरकी ४० वर्षीया छोरी जुनकुमारी पुन मगर, ९ वर्षीय असीम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन् ।

अविरल वर्षाका कारण आएको पहिरोले बस्तीमा रहेका घर तथा गोठ पुरेपछि मानवीय क्षति भएको हो । बेपत्ताको खोजी तथा घटनास्थलको थप विवरण संकलनसम्बन्धी काम भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर