२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Nada
२०८३ साउन २९ गते १८:१०
Shares
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ncell

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारीले शपथ लिएका हुन् । आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बमले शपथ लिएकी छन् ।

त्यसअघि नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेशसभा संसदीय दलका नेता भट्ट नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि बिहीबार नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर