२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

Nada
अन्जान गुभाजु
२०८३ साउन ३० गते १२:२२
Shares
श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

दम्माम, साउदी अरब : नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद्, साउदी अरबको अध्यक्षमा रोशन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दम्मामस्थित रोज गार्डेनमा आयोजित ३२औँ विश्व आदिवासी दिवस तथा छैटौँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । 

ncell

महासंघका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दूतावास रियादका प्रथम सचिव अमर बहादुर नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपमहासचिव राजेन्द्र अर्याल ‘जोन’, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, नेपाल एयरलाइन्सकी कन्ट्री म्यानेजर अन्जु शर्मा तथा विभिन्न राजनीतिक, जातीय, सामाजिक र क्षेत्रीय संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहित उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे । उनले कार्यसमितिको सफल कार्यकालको शुभकामना दिँदै महासंघले विगतदेखि गर्दै आएको सामाजिक तथा सामुदायिक कार्यको प्रशंसा ग रे। उनले ३२औँ विश्व आदिवासी दिवसको शुभकामनासमेत व्यक्त गरे। निवर्तमान अध्यक्ष खेम गुरुङले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा नयाँ कार्यसमितिलाई आफ्नो साथ र सहयोग निरन्तर रहने बताए ।

प्रमुख अतिथि नेपालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जा (प्रजा) लगायत नेपाली तथा गैरनेपाली नागरिक र देश तथा आदिवासी आन्दोलनमा जीवन आहुति दिने सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रमको सुरुवात जयन्ती लिम्बुको स्वागत मन्तव्यबाट भएको थियो भने बालिकाहरू रोजिना र इभना श्रेष्ठले स्वागत प्रस्तुति दिएका थिए । कार्यक्रममा महासंघका महासचिव तथा नवनिर्वाचित अध्यक्ष रोशन श्रेष्ठले संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। स्थानीय नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न आदिवासी समुदायका झाँकी तथा धान नाचले कार्यक्रमको आकर्षण थपेको थियो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चित्र कुमार चालिङ राई, उपाध्यक्षमा सुक बहादुर गुरुङ, ईमान थापा मगर, सन्तवीर घिसिङ तामाङ र गङ्गा केरुङ लिम्बु, महासचिवमा पासाङ शेर्पा, उपमहासचिवमा के.बी. काउच मगर, सचिवमा राज चेन्जोड लिम्बु, कोषाध्यक्षमा ओम बहादुर कुमाल र सह–कोषाध्यक्षमा बेल बहादुर सारु मगर चयन भएका छन्
। त्यस्तै प्रवक्तामा मनोज घिमाल, महिला उपाध्यक्षमा जयन्ती अङ्गछेङ्बो लिम्बु तथा युवा संयोजकमा कुमार बल तामाङ चयन भएका छन्। केन्द्रीय सदस्यहरूमा चन्द्र कुमारी राई, मिना योञ्जन तामाङ, भिम बुढा मगर, प्रेम कुमाल, मनोज दुरा, पेमा शेर्पा, सन्त तामाङ, अरुण बराम, राजु भुजेल, चिरन कटिहार चौधरी, मन देवान र भावना मगर चयन भएका छन्
।

नयाँ नेतृत्वले साउदी अरबमा रहेका आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउँदै भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवासी नेपालीको सामाजिक हितका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ
।
 

ताजा खबर

सम्बन्धित खबर