२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

Nada
२०८३ साउन ३० गते १२:२५
Shares
बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ : नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरी राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

ncell

शनिबार बिहान करिब ८:२५ बजे बागमती प्रदेश ०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बागमती प्रदेश ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र माइक्रो भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् ।

तीनै जनाको अवस्था मध्यम रहेको र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर