२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

अर्जुनी सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित

Nada
२०८३ साउन ३० गते १२:४०
Shares
अर्जुनी सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित

महेन्द्रनगर : नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् । 

ncell

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्प दंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन् ।  

सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा २०७१ सालमा केन्द्र स्थापना भएको हो । स्थापनाकालदेखि नै केन्द्रबाट २४ सै घण्टा सेवा प्रवाह हुँदै आएको रणसिंहदल गणले जनाएको छ ।

गणका प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार केन्द्रलाई औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ । 

सेनाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी चेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर