२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

भारतीय स्थल सेनाध्यक्ष र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

Nada
२०८३ भदौ १ गते १३:२१
Shares
भारतीय स्थल सेनाध्यक्ष र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेट भएको छ । सोमबार जङ्गी अड्डामा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो ।

ncell

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सेठ नेपाल आएका हुन् । यो भ्रमणमा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रमसमेत रहेको छ ।

सेठले गत जुन ३० मा भारतीय स्थल सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरतास्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।

सम्बन्धित खबर