२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

Nada
२०८३ भदौ १ गते १८:२०
Shares
मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

मकवानपुर : बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४ बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गरेका छन् ।

ncell

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै आफनो पदबाट राजीनामा दिएका हुन् । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका हुन् ।

गत ६ साउनमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेश प्रमुख देवकोटाले गरेको आह्वानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले दलहरुको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्ने छ ।

सम्बन्धित खबर