एस.पी.गाैरब/मध्यान्ह
सर्लाही : सर्लाहीकाे मलंगवा नगरपालिका १० गंगा पेट्रोल पम्प अगाडिबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेकाे छ ।
मलंगवा नगरपालिका १० स्थित गंगा पेट्रोल पम्प अगाडि नवलपुर-मलंगवा सडक खण्डमा नेपाल प्रहरी र शस्त्र प्रहरी सीमा सुरक्षा बल (बिओपी) मलंगवाबाट खटिएको संयुक्त गस्ती टोलीले करिब २ सय किलो गाँजा बरामद गरेको हो ।
मलंगवाबाट नवलपुरतर्फ आँउदै गरेको बागमती प्रदेश- ३-०१-००६ ख १७०४ नम्बरको पानी बोक्ने गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीमा रहेको अन्दाजी ८० कार्टुन पानीभित्र प्लाष्टिकको बाेरामा लुकाई छिपाई राखेकाे अवस्थामा करिब २ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए ।
उनका अनुसार ७ वटा बोरामा १४ पोका गरी अन्दाजी २ सय किलाे गाँजा बरामद भएको हाे ।
प्रहरीको चाेकजाँच टाेलीलाई देखेपछि उक्त गाडीका चालक फरार भएको र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies