२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ललितपुरको इमाडोलमा भासियो सडक

Nada
२०८१ साउन ३० गते १२:०७
Shares
ललितपुरको इमाडोलमा भासियो सडक

ललितपुर : ललितपुरको इमाडोलमा सडक भासिएको छ ।

ncell

ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।

सडकमा भ्वाङ परेपछि सवार आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको छ ।

सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ । उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ । अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर