२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

भदौ २३ गते प्रधानमन्त्रीले शहीदका नाममा सम्बोधन गर्नैपर्छ : सांसद खतिवडा

Nada
२०८३ भदौ २ गते १२:१७
Shares
भदौ २३ गते प्रधानमन्त्रीले शहीदका नाममा सम्बोधन गर्नैपर्छ : सांसद खतिवडा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले आगामी भदौ २३ गते ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराइन् ।

उनले सो दिन प्रधानमन्त्रीले शहीदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताइन्। सांसद खतिवडाले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गरिन् ।

उनले भनिन्, ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र शहीद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ।’

वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको उल्लेख गर्दै उनले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको नाममा सम्बोधन गर्दै जनतालाई स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिइन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर