– बलराम तिमल्सिना
मन्दिरमा खोजेँ, मस्जिदमा खोजेँ
गुम्बा, गुरुद्वारा अनि चर्चमा खोजेँ
कहीँ पुगे नि खै भेटिएन ईश्वर
त्यसपछि नास्तिक हुने बाटो रोजेँ ।।
वेदमा खोजेँ, कुरानमा खोजेँ
वाइवल, त्रिपिटक सबैतिर खोजेँ
कहीँ खोजे नि पाइएन जवाफ
त्यसपछि मैले माक्र्सवाद रोजेँ ।।
पण्डितलाई सोधेँ पाश्चरलाई सोधेँ
लामालाई सोधेँ, मुल्लालाई सोधेँ
ती सबै आफैँ अलमलमा थिए
त्यसपछि मैले विज्ञान रोजेँ ।।
न आफ्नो घर बनाउँछ ईश्वर
न अन्न बाली फलाउँछ ईश्वर
मान्छे बनाउँछ मूर्ती या तस्विर
मान्छे खुवाउँछ फलफूल या खिर ।।
न घर परिवार चलाउँछ ईश्वर
न केही उठाउँछ ढलाउँछ ईश्वर
नभएको कुरा बेकारमा खोजेँ
त्यसपछि मैले यथार्थ रोजेँ ।।
आकाशमा खोजेँ, पातालमा खोजेँ
आगो, पानी या बतासमा खोजेँ
ईश्वरको अत्तोपत्तो भेटिँन
त्यसपछि मैले मानिस रोजेँ ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies