२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

Nada
२०८३ भदौ ३ गते १९:०८
Shares
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

ncell

प्रतिनिधि सभाको आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूका सुझावहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उक्त सुझावहरू विधेयकमा समेटिने बताए । उनले यससम्बन्धी २७ वर्ष पुरानो कानुन समय सान्दर्भिक संशोधन गर्नका लागि विधेयक ल्याउनुपरेको उल्लेख गरे । 

पछिल्लो समयको बढ्दो जनचेतना, सूचना र प्रविधिको विकास, स्थानीय तहको भूमिकालगायत कारणले पनि विधेयक ल्याउनुपरेको मन्त्री यादवले बताए । स्थानीय तहको सरकारलाई बालबालिकाका असर नजिकबाट जानकारी हुने र तीनै तहका सरकारबीच समन्वय तथा जिम्मेवारीको व्यवस्था विधेयकमा रहेको उनको भनाइ थियो ।

मन्त्री यादवले बाल श्रममुक्त घोषणा गरेका १४ स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बालबालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कारबाही हुने बताए । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ८ गते दिउँसो १:०० बजे बस्ने छ ।

ताजा खबर

सम्बन्धित खबर