२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भए अदालत जानू, जवाफ दिन तयार छु’

Nada
२०८३ भदौ ४ गते १३:३६
Shares
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भए अदालत जानू, जवाफ दिन तयार छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताएका छन् ।

ncell

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले समितिले १५ दिनभित्र मागेका खरिदसम्बन्धी कागजात उपलब्ध भए/नभएको जानकारी मागे । प्रहरीमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै उनले आफ्नो अघिल्लो प्रश्नमा आफू अडिग रहेको बताए ।

आफ्नो अभिव्यक्तिले मानमर्दन भएको लागे अदालत जान चुनौती दिँदै सुनारले भने, ‘म कठघरामा उभिएर जवाफ दिन तयार छु ।’

उनले समितिमा एउटा सांसदले अर्को सांसदलाई धम्क्याउने वा घेराबन्दी गर्ने व्यवहार स्वीकार्य नहुने बताए । नियमविपरीत छलफल भए सभापतिले रुलिङ गर्नुपर्ने उनको भनाइ थियो ।

सुनारले भ्रष्टाचार छानबिनका लागि प्रश्न गम्भीर, गहिरो र निर्मम हुनुपर्ने भन्दै आफ्नो शैलीप्रति आलोचना भए पनि अडानबाट पछि नहट्ने बताए । प्रहरीको खरिद प्रक्रियामा उठेका प्रश्नको छानबिन हुनुपर्ने मागसमेत उनले दोहोर्‍याए ।

ताजा खबर

सम्बन्धित खबर