२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

पार्टीका आन्तरिक विषय फेसबुकमा लेखे कारबाही गर्ने ओलीको चेतावनी

Nada
२०८३ मंसिर ३ गते १४:४७
Shares
पार्टीका आन्तरिक विषय फेसबुकमा लेखे कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र छलफल गर्नुपर्ने विषय फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक असहमति सम्बन्धित कमिटीमै राख्न आग्रह गरे ।

ओलीले पछिल्लो केन्द्रीय कमिटी बैठकअघिका अनुशासन उल्लंघनका घटनालाई पार्टीले क्षमा गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि दोहोरिए स्वीकार्य नहुने बताए। ‘अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन,’ उनले भने ।

महाधिवेशनमा कुनै प्रस्तावको विपक्षमा मत दिन पाइने भए पनि निर्णय भइसकेपछि अर्को महाधिवेशनसम्म त्यसलाई पालना गर्नुपर्ने ओलीको भनाइ थियो । उनले कमिटीमा असहमति राख्न रोक लगाइएको भन्ने गुनासो पनि अस्वीकार गरे ।

आफू पक्राउ पर्नुअघि पार्टीकै एक नेताले अन्तर्वार्तामा ओलीलाई पक्राउ गरे पनि एमाले सडकमा नउत्रिने धारणा राखेको भन्दै उनले असन्तुष्टि जनाए । त्यस्तो अभिव्यक्तिले सरकारलाई पक्राउ गर्न ढाडस दिएको ओलीको आरोप थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर