२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अख्तियारको कार्यसम्पादनमाथि ज्ञानेन्द्र शाहीको प्रश्न, नियुक्ति प्रणाली बदल्न प्रस्ताव

Nada
२०८३ भदौ ४ गते १३:३९
Shares
अख्तियारको कार्यसम्पादनमाथि ज्ञानेन्द्र शाहीको प्रश्न, नियुक्ति प्रणाली बदल्न प्रस्ताव

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचारका प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी अनुसन्धान र कारबाही गर्न नसकेको भन्दै आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

ncell

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शाहीले लडाकु शिविर, गिरिबन्धु टी–स्टेट, तारागाउँ, नेपाल आयल निगमको जग्गा खरिद, ओम्नी र एनसेललगायत प्रकरणको अनुसन्धानबारे अख्तियारसँग जवाफ मागे ।

उनले अख्तियारका प्रमुख आयुक्त तथा आयुक्त नियुक्त गर्ने विद्यमान संवैधानिक व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरे । संवैधानिक परिषद्बाट नियुक्त गर्ने प्रणालीको सट्टा खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्ने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

शाहीले मन्त्रिपरिषद्का निर्णयमाथि अख्तियारको अनुसन्धान क्षेत्राधिकार सीमित गर्ने व्यवस्थासमेत पुनरावलोकन गर्नुपर्ने बताए । कार्यपालिकाका निर्णयमा जवाफदेहिता सुनिश्चित गर्न आयोगको अधिकार क्षेत्र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

संविधान संशोधनमार्फत नियुक्ति प्रणाली परिवर्तन गर्ने प्रस्ताव आए आफूहरू सहयोग गर्न तयार रहेको शाहीले बताए ।

ताजा खबर

सम्बन्धित खबर