२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

Nada
२०८३ भदौ ४ गते १३:४२
Shares
इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ : चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् ।

ncell

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु. २९ करोड राजस्व दाखिला भएको छ ।

यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँच पास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए ।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु. छ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रूपमा विकसित भएको छ ।

ताजा खबर

सम्बन्धित खबर