
काठमाडौँ : जनता टेलिभिजनका अध्यक्ष विजय पौडेललाई प्रहरीले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पौडेलविरुद्ध परेको चेक अनादरसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले पौडेल पक्राउ परेको पुष्टि गरेका छन् । पक्राउसम्बन्धी थप कानुनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको जनाएको छ ।