२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १५:०२
बंगलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

न्युयोर्क :संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बंगलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् ।  संयुक्त राष्ट्रसंघका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् ।

“महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बंगलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ,” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरे। बढ्दो विरोधका बीच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ । 

मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।  देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बंगलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो । 

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकहरूलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise