२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडितलाई जापानबाट व्यवसायी सुवेदीको सहयोग 

Nada
पूर्ण चलाउने
२०८३ भदौ १९ गते १५:३८
Shares
बाढीपीडितलाई जापानबाट व्यवसायी सुवेदीको सहयोग 

टोकियो : जापानमा व्यवसाय गरिरहेका एक सफल व्यवसायी दीपक सुवेदीले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि ३६ लाख जापानी येन सहयोग गरेका छन् ।

ncell

सुवेदी जापानमा दिपवे जापान कम्पनी प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । दिपवे जापान कम्पनीले जापानमा रेस्टुरेन्टलगायतका क्षेत्रमा ठुलो लगानी गरिरहेको छ ।

बाढीपीडितका लागि दिपवे जापान कम्पनीले ३० लाखका साथै दिपवे जापान कम्पनी परिवारका तर्फबाट ६ लाख गर्दै जम्मा ३६ लाख जापानी येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको दिपवे जापानले जनाएको छ ।

श्री कृष्णजन्माष्टमीको अवसर पारेर शुक्रबार उद्धार कोषमा रकम जम्मा गरिएको दिपवे जापानका प्रवन्ध निर्देशक सुवेदीले बताए । उनले समाजिक सञ्जालमार्फत ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विपद्‍मा मानवीय सहयोगलाई निरन्तरता दिने जनाउँदै दिपवे कम्पनीले बाढीपीडितलाई सहयोग गर्नपनि सबैमा हार्दिक अनुरोध गरेको छ ।

कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरूका साथै समस्या तथा विपद्‍मा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

uae

सम्बन्धित खबर