२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडितलाई सहयोग गर्न विदेशमा रहेका नेपाली सक्रिय

Nada
२०८३ भदौ २० गते ०६:१०
Shares
बाढीपीडितलाई सहयोग गर्न विदेशमा रहेका नेपाली सक्रिय

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण विस्थापितहरूलाई राहतका लागि वैदेशिक रोजगारमा रहेका नेपालीहरूले सक्रियता बढाएका छन् । राहत सञ्चालनका लागि बैंक खाता सञ्चालन र स्थानीय अनुमति लिएपछि नेपालीहरूले मातृभूमिको सहायताका लागि तीव्रताका साथ अभियान अघि बढाएका छन् ।

ncell

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले शुक्रबार भोटेकोशी बाढीप्रभावितहरूको सहयोगका लागि नेपाली नियोगको बैंक खातामार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरिएको बताएको छ । नेपाली दूतावास साउदीले रकम जम्मा गर्दा सम्भव भएसम्म उद्देश्य वा रेफरेन्समा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष उल्लेख गरी रकम जम्मा गरेको रसिदको प्रतिलिपि दूतावासको मेलमा पठाइदिनसमेत आग्रह गरेको छ ।

उता, नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि एनआरएनए एनसिसी कतारले अघि बढाएको अभियानमा ऐक्यबद्धता जनाउँदै भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले १० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोगसँगै संस्थाले बाढीबाट प्रभावित १० जना युवायुवतीलाई रोजगारी दिने समेत घोषणा गरेको छ ।

यस्तै बाढीप्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, मलेसियाको बिएसएसबी कम्पनीमा काम गर्ने सबै नेपाली श्रमिक मिलेर बाढीपीडितका लागि ३ लाख ८९ हजारभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् ।

मलेसियामा सुरक्षागार्डको तलब अन्य श्रमिकको तुलनामा कम मानिन्छ । तर, सुरक्षागार्डका रूपमा कार्यरत श्रमिकहरू प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी बाढीपीडित नेपालीका लागि सहयोग गर्न अगाडि देखिएका छन् ।

uae

सम्बन्धित खबर