
टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले भोटेकोशी लगायतका ठाउँमा आएको बाढीमा ज्यान गुमाउनेप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । शनिबार टोकियोको सिनओकुबो स्थित सोलमारी मुरा हलमा एक संयुक्त सभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।
श्रद्धाञ्जली सभामा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
लामिछानेले दीप प्रज्वलन तथा सामूहिक श्रद्धाञ्जली अर्पण कार्यक्रम मार्फत प्रवासमा रहेर पनि नेपालीहरु आफ्नो मातृभूमिको पीडामा एकजुट भएको बताए ।
उक्त संयुक्त श्रद्धाञ्जली सभामा जापानका विभिन्न संघ संस्था संगठन लगायत सर्वसाधारणको सहभागिता रहेको थियो । एनआरएनए जापानले बाढीपीडितका लागि आर्थिक लगायतका अन्य सहयोगहरु पनि गरिरहेको छ ।
