२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

मलेसियामा किरात राई यायोक्खाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै

Nada
तिलोचन गौतम
२०८३ भदौ २० गते २१:४४
Shares
मलेसियामा किरात राई यायोक्खाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै

मलेसिया : किरात भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ ।

ncell

किरात राई यायोक्खा विदेश संगठन मलेसियाको आयोजनामा अधिवेशन २० सेप्टेम्बर २०२६, आइतबार मलेसियास्थित होटल हिमालयनको सभा हलमा हुने तय भएको महासचिव यज्ञकुमार राईले जानकारी दिए ।

‘किरात भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्धनका लागि किरात राईहरूको साझा अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनको सह–आयोजकमा किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति जोहोर बारु, इपो पेराक र मलका रहेका छन् ।

अधिवेशनले मलेसियामा रहेका किरात राई समुदायलाई थप संगठित गर्दै मौलिक भाषा, संस्कार, संस्कृति, इतिहास र पहिचानको संरक्षण तथा सम्बर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

किरात राई यायोक्खाले प्रवासमा रहेका राई समुदायलाई एकताबद्ध गर्दै उनीहरूको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । तेस्रो राष्ट्रिय अधिवेशनमा मलेसियाका विभिन्न क्षेत्र तथा शाखामा आबद्ध किरात राई समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा तय गर्ने भएकाले मलेसियास्थित किरात राई समुदायका लागि कार्यक्रमले विशेष महत्व राख्ने आयोजकको दाबी छ । 

uae

सम्बन्धित खबर