२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

कास्की सार्दीखोला समाज कतारद्वारा बाढीपीडितका लागि १६ सय ८५ रियाल सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २१ गते १८:५४
Shares
कास्की सार्दीखोला समाज कतारद्वारा बाढीपीडितका लागि १६ सय ८५ रियाल सहयोग

दोहा : नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कास्की सार्दीखोला समाज कतारले १ हजार ६ सय ८५ कतारी रियाल (करिब ७० हजार रुपैयाँ) सहयोग गरेको छ । कतारमा रहेका नेपाली संघसंस्थाको सहकार्यमा एनआरएनए एनसिसीमार्फत संकलन भइरहेको राहत रकम नेपाल सरकारलाई पठाउने अभियान अन्तर्गत समाजले उक्त रकम गण्डकी प्रदेश समन्वय परिषद् कतार मार्फत हस्तान्तरण गरेको हो ।

ncell

शनिबार साँझ आयोजित कार्यक्रममा समाजका अध्यक्ष पदम गुरुङले परिषद् कतारका अध्यक्ष अजय विक र महासचिव मनप्रसाद राना मगर लगायतलाई रकम हस्तान्तरण गरे । रकम ग्रहण गर्दै परिषद्का अध्यक्ष विकले गण्डकी प्रदेशअन्तर्गतका जिल्ला तथा विभिन्न संघसंस्थाबाट संकलित रकम एकमुष्ट रूपमा एनआरएनए एनसिसी कतारमार्फत नेपाल पठाइने जानकारी दिए । उनले विपद्को समयमा सहयोग गरेकोमा सार्दीखोला समाज कतारप्रति आभार व्यक्त गरे ।

समाजका अध्यक्ष गुरुङले प्रवासबाट गरिएको सहयोग रकम सानो भए पनि बाढी पहिरो पीडितको घाउमा मलम बन्ने विश्वास व्यक्त गरे । माछापुच्छ्रे गाउँपालिका–२, कास्कीको सार्दीखोलाबाट कतारमा रहेकाहरूद्वारा सन् २०१२ मा ‘आफ्नो गाउँको विकास अनि पहिचान, जिल्ला र देशकै विकासको पूर्वाधार’ भन्ने नाराका साथ कास्की सार्दीखोला समाज कतार स्थापना गरिएको हो ।

uae

ताजा खबर

सम्बन्धित खबर