देवराज सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : रेडियो मिसनको आयोजना र इन्द्रावती गाउँपालिकाको सहयोगमा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले पालिका भित्रका हरेक क्षेत्रको विकास गर्ने उद्देश्य रहेको बताए । उनले पालिकामा राम्रो कामको जनतासामु सूचना पुर्याउन र रचनात्मक आलोचना गर्नु पर्ने भूमिका रेडियोको रहेको बताए । पालिका भित्र भएका विकृति विसंगतिहरूलाई बाहिर ल्याउने र जनतामा सचेतना जगाउने भूमिका निभाउनुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।
रेडियोले आयोजना गरेको कार्यक्रमलाई पालिकाले महत्वपूर्ण ठानेर आवश्यक सहयोग गरि अभिभावकको भूमिका निभाएको भन्दै रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईंले आभार व्यक्त गरे । चौलागाईंले तालिममा उपस्थित प्रशिक्षार्थीहरूले प्रशिक्षकबाट सिकेको ज्ञान प्रयोग गरि आफू सक्षम भइ पत्रकारिता तर्फ निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
डम्बर रसिक भारती, प्रकाश सुन्दास, अमित घिमिरेले तालिमको सहजीकरण गरेका थिए । तालिममा प्रशिक्षकहरूबाट उपलब्धि मूलक ज्ञानहरू पाएको प्रशिक्षार्थी मेरिना तामाङले बताइन् । उनले तालिममा पत्रकारिता सम्बन्धी महत्वपूर्ण व्यवहारिक ज्ञान सिकेको बताइन् ।
कार्यक्रममा, पालिका अध्यक्ष झम्क नेपाल, रेडियो मेलम्चीका अध्यक्ष एवम् प्रशिक्षक डम्बर रसिक भारती, रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईं, मिसन नेपालका अध्यक्ष सन्तोष सिग्देल, पालिकाका प्रेस सल्लाहकार सुनिल तामाङ र रेडियो मिसनका स्टेसन म्यानेजर किरण थापा लगायत तालिमका प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies