२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

Nada
२०८३ भदौ २२ गते १९:१९
Shares
बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

साउदी अरब : नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी अरबले १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग गरेको छ ।

ncell

एनआरएनए साउदी अरबका अनुसार बाढीबाट ठुलो जनधनको क्षति भएपछि विपत्तिको समयमा साउदी अरबमा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यक्ति तथा शुभेच्छुकहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोष र एनआरएनए आकस्मिक राहत कोषमा जम्मा गरिएको हो ।

एनआरएनए साउदी अरबले सहयोग अभियानमा आर्थिक तथा नैतिक रूपमा साथ दिने सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, व्यवसायी, समाजसेवी तथा शुभचिन्तकप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

संघले सहयोग रकमभन्दा पनि विपत्तिमा देखाइएको सद्भाव, मानवीय संवेदना र नेपाली–नेपालीबीचको एकता महत्वपूर्ण रहेको जनाएको छ । यस्तो सहयोगले बाढीपीडित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि ठुलो हौसला पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

यसैबीच, बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति एनआरएनए साउदी अरबले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित परिवारहरूको सुरक्षित तथा सम्मानजनक पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

एनआरएनए साउदी अरबका प्रवक्ता महेश घिमिरेले आगामी दिनमा पनि विपत्तिमा परेका नेपालीहरूको सहयोग र मानवीय सेवाका लागि निरन्तर साथ र सहकार्यको अपेक्षा गरिएको बताएका छन् ।

uae

ताजा खबर

सम्बन्धित खबर