२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

Nada
२०८३ भदौ २३ गते १७:४३
Shares
विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

कपिलवस्तु : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । 

ncell

जनता समाजवादी पार्टी नेपालको जिल्ला समितिद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा उनले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुन:स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए। 

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताए । यसका लागि संयुक्त राष्ट्रसंघमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उनले माग गरे । 

कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । 

uae

ताजा खबर

सम्बन्धित खबर