२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा

Nada
२०८३ भदौ २४ गते २०:३२
Shares
सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।

ncell

बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत वार्षिक ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना सार्वजनिक गरेको हो । 

त्यस्तै, व्यक्तिगत सवारीसाधन खरिदका लागि ३ वर्षसम्म स्थिर रहने गरी ५.९९ प्रतिशत वार्षिक ब्याजदरमा सवारीसाधन कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । योजनाअन्तर्गत घर कर्जाको ब्याजदर ५ वर्षसम्म र सवारीसाधन कर्जाको ब्याजदर ३ वर्षसम्म स्थिर रहनेछ । स्थिर अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।

उक्त योजनामा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर