२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

होटल याक एन्ड यतीद्वारा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग

Nada
२०८३ भदौ २४ गते २०:३२
Shares
होटल याक एन्ड यतीद्वारा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग

काठमाडौं : पाँचतारे होटल याक एन्ड यतीले बाढीप्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

ncell

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ । होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्नादेवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

होटल व्यवसायी अरुणकुमार सर्राफ होटल याक एन्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौं)का समेत सञ्चालक हुन् । उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । 

दरबारमार्गस्थित होटल याक एन्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र ऐतिहासिक लाल दरबारलाई समेटेर सन् १९७७ देखि सञ्चालनमा आएको हो । 

राणाकालीन वास्तुकला, पुराना कलाकृति र ऐतिहासिक संरचनाको संरक्षण गर्दै आधुनिक होटल सेवासँग संयोजन गरिएकाले याक एन्ड यती नेपालको आतिथ्य क्षेत्रसँगै कला, वास्तुकला र सम्पदाको पहिचानसँग समेत जोडिएको छ ।

ताजा खबर

सम्बन्धित खबर