२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

प्रोटोनद्वारा नेपाललाई ७४ लाख रुपैयाँबराबरका ड्रोन सहयोग

Nada
२०८३ भदौ २४ गते २०:३४
Shares
प्रोटोनद्वारा नेपाललाई ७४ लाख रुपैयाँबराबरका ड्रोन सहयोग

काठमाडौं : मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिंगिट (७४ लाख रुपैयाँ)बराबरको ड्रोन सहयोग गरेको छ । रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।

ncell

विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ ।

मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडिएमए)ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो । कम्पनीका अनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी)को मुख्यालयमा नाडमा (एनएडिएमए)लाई हस्तान्तरण गरिएका थिए ।

मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट(एसएमएआरटी)को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।

ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, र नाडमा (एनएडिएमए)का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकिमको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो ।

प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए । उनका अनुसार हालको मानवीय सहयोगसँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट (एसएमएआरटी)को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर