
काठमाडौं : अगस्टमा आएको विनाशकारी बाढीले रसुवालगायत देशका विभिन्न भागमा ठुलो क्षति पुर्याउँदै कैयौं परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ । विपत्तिपछिका दिनमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने लगभग सबैथोक गुमाएका परिवारसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २–ह्विलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन् ।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख योगदान गरेका छन् । त्यस्तै, यामाहा डिभिसनको जेन–जी टिमले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार सहयोग गरेको छ । यस्ता कठिन समयमा आफ्नो राष्ट्र र समुदायका लागि साथ दिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेका हुन् । यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिससम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ ।
पुनर्स्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालका प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।